पोखराकी एक्ली महिला वडाध्यक्षको ३ जनपक्षीय निर्णय
काठमाडाैं | जेठ १४, २०७९
पोखराः पोखरा महानगरपालिकाबाट एकमात्र महिला वडाध्यक्षमा निर्वाचित राधिका शाही योगीले पदभारसँगै ३ जनपक्षीय निर्णय गरेकी छिन् ।
अध्यक्ष योगिले सो वडामा स्थायी बसोबास गर्ने निम्न आय भएका ,अशक्त ,अपाङ्ग र पिछडिएका बर्गलाइ हिमालय आखा अस्पताल सङ्गको सहकार्यमा मोतियाबिन्दुको निशुल्क उपचार गर्ने, वडामा स्थायी बसोबास गरी शहरी स्वास्थ केन्द्रबाट नियमित सेवा लिइरहेका गर्भवती महिलाहरुको लागि पोषण प्याकेजको ब्यबस्थापन गर्ने र वडा कार्यालयको सेवा थप प्रभाबकारी बनाउन सहायता कक्ष निर्माण गर्ने तीन निर्णय गरिएकाे बताइन् ।
उनले निर्बाचन दौरानमा गरिएका बाचा हर तरहले पूरा गर्दै पुर्ण भौतिक पुर्बाधार सहितको समृद्ध वडाको निर्माण एकमात्रै अर्जुन दृस्टी रहेको बताइन।
उनले आफ्नो समुहलाइ बिजयी गराउन सहयोग गर्ने सम्पुर्णमा आभार ब्यक्त गर्दै बिना पुर्बाग्रह बिकासका काम अगाडि बढाउने प्रतिबद्धतासमेत ब्यक्त गरिन् ।
काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

